७ वैशाख २०८१ शुक्रबार
राजनीति

कानुनभन्दा केपी ओली माथि होइनन्ः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कानुनभन्दा एमाले अध्यक्ष केपी ओली माथि नभएकाले गर्दा सचेत भएर अघि बढ्न सुल्झाएका छन्। उनले प्रतिपक्ष दल एमालेले सदनमा अवरोध गरि रहेको प्रसंगलाई कोट्याउँदै ओली कानुनभन्दा माथि नभएको बताए।

‘सदन अवरोध नगर्नु उत्तम हुनेछ,’ अध्यक्ष नेपालले मंगलबार इटहरीमा आँखा अस्पतालको शिलान्यासपिछ सञ्चारर्कीसँगको कुराकानीमा भने, ‘सधैभरी पिडाले गुमसिएर, इर्स्याले राखेर हुँदैन।’ उनले यर्थातलाई स्वीकार गर्नुपर्ने र परिवर्तनप्रति आतिन नहुने ओलीलाई सुल्झाए।

उनले सदन चल्नुपर्ने र चलाउनुपर्ने बताए। ‘सदन दृढतापूर्वक चलाउनुपर्छ,’ उनले भने, ‘अनाश्यक रुपमा सदन अवरोध गर्ने कुनै काम छैन।’

नेता नेपालले एमालेबाट अलग भएका सांसदलाई कारबाही गर्न ओलीले राखेको मागमा कुनै आधार नै नभएको दावी गरे। ‘हाम्रा सांसदलाई कारबाहीको माग राखेर जुन सदन अवरोध भइरहेको छ। यसमा कुनै कानुनी वैधानिकता छैन, सर्वोच्च अदालतले मत दिएबापत कुनै पनि ह्वीप नलाग्ने भनेर निर्णय गरेपछि अदालतको फैसला त स्वीकार गर्नुपर्छ। ओली कानुनभन्दा माथि होइन।’ अध्यक्ष नेपालले ओलीलाई सर्वेसर्वा नठानी कानुनलाई माथि राखेर अघि बढ्न सुल्झाए।

‘ओलीले आफूलाई कानुनको माताहातमा भएको ठान्नुपर्छ। संविधान र कानुनभन्दा माथि ओली होइनन्,’ उनले भने, ‘आज ओली सबैतिरबाट एक्लिएका छन्। सबैतिरबाट आलोचना भइरहेको छ।’ एमाले पार्टीभित्र पनि ओलीले तमासा देखाई रहेको आरोप लगाए।

नेता नेपालले अहिले नेपालको राजनीति बामपन्थी र लोकतान्त्रिक शक्तिको साझा गठबन्धन र अर्को दक्षिणपन्थी गठबन्धन भएको टिप्पणी गरे। ‘मन मिल्ने समूहको गठबन्धन हुने गर्छ, अहिले हाम्रो गठबन्धन बामपन्थी र लोकतान्त्रिक छ।’ उनले बामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन प्रगतिशील, परिवर्तनकारी, रुपान्तरणकारी गणतन्त्रको तथा संविधानको रक्षा गर्ने बताए। दक्षिणपन्थी गठबन्धन नक्कली बामपन्थी र प्रतिगामी शक्तिको मिल्न भएकाले गर्दा त्यसले गणतन्त्र र संविधान विपरीत अघि बढ्ने नेता नेपालले दावी गरे।

नेता नेपालले इटहरी वडा नं. १७ मा निर्माण हुन लागेको इटहरी आँखा अस्पतालको सिलान्यास गरे। नेपाल नेत्र ज्योती संघ र सेवा फाउन्डेसनको संयुक्त साझेदारीमा आँखा अस्पताल निर्माण हुन लागेको हो। अस्पताल निर्माणका लागि मोरङ रंगेलीका मेयर दिलिप वगडिया र उनका दाजु अशोक वगडियाले दस कट्ठा जग्गा उपलब्ध गराएका छन्।

प्रकाशित: २८ मंसिर २०७८ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App