८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री देउवाद्वारा सभापति पदका लागि उम्मेदवारी दर्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराएका थिए। उनी सभागृह पुग्दा समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए। उनको साथमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुगेका थिए।

यसैगरी उपसभापतिमा दिव्यश्वरी शाह, महामन्त्रीमा डा प्रकाशरण महत, डा राजाराम कार्की र प्रदीप पौडेलले पनि मनोनयन दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७८ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App