coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागमतीको उपसभापतिमा बस्नेत र महर्जन विजयी

नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न बागमती प्रदेशको निर्वाचमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन्। बस्नेत र महर्जनले  क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याए। उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ प्राप्त गरे।  

महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी भए। सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठले १६३ मत पाएका थिए। महिलातर्फको सहमहामन्त्रीमा जीवन डङ्गोल ९४९ मत ल्याएर विजयी भइन्। सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी थिए। खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए। सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भएको यस अघि नै घोषणा भइसकेको थियो।

प्रकाशित: २१ मंसिर २०७८ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App