१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको टोली पुग्यो ओली निवास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेको छ। बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायी मंगलबार पौने १ बजे बालकोट पुगेका हुन्।

ओलीलाई भेटेर प्रधानन्यायाधीशको राजीनामाबारे छलफल गरेको श्रेष्ठले जानकारी दिए। नेपाल बार एसोसिएसनसहित देशभरका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन्।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग भाग खोजेको, संवैधानिक नियुक्तिमा भाग लिएको, न्यायालयको नेतृत्व गर्न नसकेकाले उनको बहिर्गमन अत्यावश्यक रहेको बताए।

प्रकाशित: २१ मंसिर २०७८ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App