coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केन्द्रीय महाधिवेशन पछि मात्रै सिन्धुलीमा जिल्ला अधिवेशन हुने

नेपाली कांग्रेस सिन्धुलीको महाधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै हुने भएको छ। यहि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ।

यहाँको दुधौली नगरपालिकाका कांग्रेस पूर्व नगरसभापति कुमार बस्नेतको मोटसाइकल दुर्घट्नामा गत मंसिर ९ गते मृत्यु भएपछि जिल्ला अधिवेशन स्थगित भएको थियो। पुर्व नगरसभापतिको मृत्यु भएपछि जिल्ला कार्यसमितिले एक सुचना जारी गर्दै स्थगित गरेको थियो। 

पूर्व नगरसभापतिको मृत्युले जिल्ला अधिवेशन स्थगित भएको  पार्टीका जिल्ला सचिव कृष्ण प्रसाद  दाहालले बताए। उनका अनुसार सिन्धुली सहित १६ जिल्लाको बाँकी छ एकै पटक अधिवेशन हुन्छ। उनले अधिवेशनको मिति केन्द्रले तय गर्ने जनाए। जिल्ला अधिवेशन रोकिए पनि सिन्धुलीका दुई क्षेत्रमा क्षेत्रिय अधिवेशन भई महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन्।

सिन्धुलीका दुईओटै संघिय निर्वाचन क्षेत्रमा संस्थापन (देउवा) पक्षका उम्मेदवार विजयी भएका छन्। सिन्धुली संघिय क्षेत्र नं.१ मा कर्णबहादुर थापा र क्षेत्र नम्बर २ मा कुमार ढकाल विजयी भइसकेका छन्। क्षेत्रिय सभापति पदमा देउवा पक्ष हावी भएपनि जिल्लाबाट निर्वाचित ४८ जना महाधिवेशन प्रतिनिधिमा संस्थापन र इतर पक्षको बराबरी जस्तै छ।

प्रकाशित: २१ मंसिर २०७८ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App