१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस महाधिवेशनः प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।

जनकपुरमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिए। प्रदेश २ को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि गरिने उनले बताए। प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्। सर्लाही, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त हुन नसकेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन अधिकृत पह्लाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन सकेको छैन। निर्वाचन हुन बाँकी जिल्लाका प्रदेश अधिवेशनमार्फत छनौट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने नेता कार्यकर्ताको माग छ।

प्रदेश २ को सभापतिका लागि रौतहटकी कृष्णा यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित: २० मंसिर २०७८ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App