८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।

नेता पुनले ८५२ मत ल्याएका छन भने शाहले ७६७ मत ल्याए। संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री  भइसकेका पुन रोल्पाको निर्वतमान पार्टी सभापति हुन्।

पदाधिकारीतर्फ एक उपसभापति संस्थापन पक्षले जितेको छ। बाँकी पदाधिकारी पुनकै प्यानलले जितेको छ। उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ र दाङका राजु खनाल विजयी भएका हुन्। श्रेष्ठ पौडेल पक्षका हुन्,खनाल देउवा पक्षका। उपसभापतिमा श्रेष्ठले ८४७ मत ल्याउँदा संस्थापन पक्षबाट उठेका कपिलबस्तुका सुधाकर पाण्डेले ६६१ मत ल्याए। उपभापतिमै विजयी संस्थापन पक्षका खनालले ७९२ मत ल्याउँदा  संस्थापन इतरका अष्टभुजा पाठकले ७७२ मत पाए।

महामन्त्रीमा संस्थापन इतरबाटै पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्र आचार्य विजयी भएका छन्। खनालले ८४४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी संस्थापन पक्षका खिमनसिंह रायमाझीले ६५१ मत ल्याए। अर्का महामन्त्री आचार्यले ८३९ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी संस्थापन पक्षका जन्मजय तिमलसेनाले ७०९ मत पाए।

सहमहामन्त्रीमा महिलातर्फ दाङकी निमा गिरी विजयी भइन्। गिरीले ८३० मत ल्याउँदा संस्थापन पक्षबाट उठेकी रुपन्देहीकी सरीता चौधरीले ६८७ मत ल्याइन्। खुलातर्फ सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु मुस्कान र दाङका खगराज पाण्डे विजयी भए। मुस्कानले ८५९ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी संस्थापन पक्षका लक्ष्मीनारायण शाहले ६७६ मत पाए। अर्का सहमहामन्त्री पाण्डेले ७७६ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी संस्थापन पक्षका माया पुनले ७५२ मत पाइन्।

१४ औं महाधिवेशनअन्तर्गत शनिबार भैरहवामा प्रदेश नेतृत्व चयनका लागि मतदान भएको थियो। कुल १६ सय ४८ मतदाता रहेको प्रदेशमा जम्मा १६ सय ३१ मत खसेको थियो। शनिबारै रातिदेखि सुरु भएको मतगणना आज (सोमबार)बिहान सकिएको हो।

प्रकाशित: २० मंसिर २०७८ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App