coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हार स्वीकार्दै थापाले भनेः निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदका प्रत्याशी कमल थापाले पराजय स्वीकार गरेका छन्। आज बिहान सम्पन्न भएको मतगणनामा लिङ्देनले जितेसँगै सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले बधाइ दिएका हुन्।

सोही क्रममा थापाले निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गरेको बताएका छन्। तर, निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप पनि उनले लगाएका छन्।

थापाले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’

प्रकाशित: १९ मंसिर २०७८ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App