coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

नेकपा (एमाले) जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाएका छन्। पार्टीको जिल्ला सचिव रहेका बस्नेतलाई आज (शनिबार)को सचिवालय बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो।

जिल्ला अध्यक्ष रामबहादुर रानामगर चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवशेनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि बस्नेतलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको जिल्ला कार्यालय सचिव रवीन्द्र सुवेदीले बताए। बस्नेत इलाम नगरपालिकाको मेयरसमेत हुन्। एमाले उपाध्यक्ष भक्त केसी यसअघि नै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरी जिल्ला अध्यक्ष भइसकेका छन्।

सचिवालय बैठकले जिल्लाव्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। साथै, जिल्लाका प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ पार्टीको केन्द्रीय उपाध्यक्ष र प्रदेशसभामा सदस्य रानामगर केन्द्रीय सदस्य निर्वाचित भएकामा एमाले जिल्ला कमिटीले बधाई ज्ञापन गरेको छ।

प्रकाशित: १८ मंसिर २०७८ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App