७ वैशाख २०८१ शुक्रबार
राजनीति

फेरि सर्‍यो प्रस्तावित राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ अझै गर्न सकेको छैन। गत मंसिर ५ गते संसदीय सुनुवाइ गर्ने भनेर बैठक बोलाइएको भए पनि आवश्यक गणपूरक संख्या नपुगेको भन्दै मंसिर १७ गतेसम्म सारिएको थियो। 

१७ गतेको बैठकमा पनि गणपूरक संख्या नपुग्ने भएपछि सुनुवाइका लागि २० गते बैठक बोलाइएको छ। संसदीय सुनुवाइ समितिमा सभापतिसहित १५ सदस्य छन् ।

सरकारले गत कात्तिक ११ गते बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि श्रीधर खत्री र भारतका लागि डा. शंकर शर्मालाई राजदूतमा प्रस्ताव गरेको थियो। 

कात्तिक १६ गतेदेखि नै संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी दिन १० दिनको समय राखिएको थियो। एउटा बाहेक उजुरी नआएपछि उनीहरूलाई सुनुवाइ गर्न मंसिर ५ गते बैठक बोलाइएको थियो। कोरम नपुगेपछि १७ गतेसम्मका लागि बैठक स्थगित भएको थियो ।

प्रकाशित: १८ मंसिर २०७८ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App