७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाराको क्षेत्रीय सभापतिमा गुप्ता र चौरसिया निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापतिमा निर्वाचित बनेका सुनिल गुप्ता (बायाँ हाप कोट लगाएका) र निर्वाचिन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा निर्वाचित भएका प्रभातकुमार चौरसिया (टोपी लगाएका)

नेपाली काँग्रेस बाराको चार मध्ये दुई निर्वाचन क्षेत्रमा निर्वाचित क्षेत्रीय सभापतिहरु घोषण गरिएको छ। शुक्रबार आएको मत परिमाण अनुसार नेपाली काँग्रेस बाराको क्षेत्र नम्बर ४ को सभापतिमा सुनिल गुप्ता र ३ को सभापतिमा प्रभातकुमार चौरसिया निर्वाचित भएका हुन्।

सुनिल गुप्ताले प्रतिस्पर्धी लालबाबु यादवलाई ६७ मतले पराजित गर्दै विजय भएका हुन्। यस्तै, प्रभात चौरसिरयाले प्रतिस्पर्धी मुकेश कुश्वाहालाई ११ मतले पराजित गर्दै विजयी भएको नेपाली काँग्रेस बाराले जनाएको छ।

निर्वाचन क्षेत्र नम्बर ४ मा खसेको ५०३ मतमध्ये सुनिल गुप्ताको पक्षमा २८३ मत परेको थियो भने यादवको पक्षमा २१९ मत परेको थियो।

त्यसैगरि निर्वाचन क्षेत्र नम्बर ३ मा खसेको ५९८ मत मध्ये प्रभातकुमार चौरसियाको पक्षमा ३०२ मत र मुकेशकुमार कुश्वाहाको पक्षमा २९१ परेको थियो।

२१ जनाको क्षेत्रीय समितिमा ७ पदाधिकारी र बाँकी जना सदस्य रहने व्यवस्था छ। एक सभापति दुई जना प्रदेश सभापतिहरु उपाध्यक्ष रहने व्यवस्था गरिएको छ। त्यसैगरि दुई सचिव र दुई सहसचिवसहितका पदाधिकारी रहने व्यवस्था छ।

प्रकाशित: १७ मंसिर २०७८ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App