१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी छाडी एमालेमा गएका मधेश केन्द्रित नेतालाई प्रचण्डले भनेः कुकुरको पुच्छर बाँगाको बाँगै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए।

उनले मधेशी जनताको, दलित, जनजातीहरुको हकहीतको कुरालाई लिएर आफूले संविधान संशोधनको प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको उल्लेख गरे। अध्यक्ष दाहालले नेकपा एमाले जनजाती, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी रहेको आरोप समेत लगाए।

अध्यक्ष दाहालले भने, ‘मधेशमा अलि ठूलो भ्रम थियो, के भ्रम दिने कोशिस गरियो भने माओवादीले संघीयता छोड्यो। जुन माओवादीले संघीयताको निम्ति हजारौँको बलिदान गर्‍यो, त्यही माओवादीलाई त्यस्तो झुटो आरोप लगाएर तथाकथित मधेशवादी पार्टी बनाएर अनि यिनीहरु हुन् मधेशको मुक्ति गर्ने भनेको जस्तो गरी जो बास्तवमा मधेशी जनताको विरोधी, त्यहाँका मजदुर, किसान विरोधी, त्यहाँका, दलित, मुस्लिम विरोधी, जो शक्ति हो, तिनीहरुलाई मधेशको मशिहा जस्तो गरेर प्रस्तुत गर्ने कोशिस भयो।'

उनले अगाडि भने, मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रश्ताव पारित नभएको हो। तपाईहरुलाई थाहा छ, एमालेको केपी गुट जनजातीको विरोधी छ, दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी छ, उसैको कारणले संविधान संशोधन नै भएन तर अहिले कतिपय जसले तपाईहरुलाई भ्रम दिए ओर्जिनल त अग्र्यानिक एमाले केपी गुटकै मान्छे थिए। बीचमा म सचिन्छु, म माओवादी हुन्छु भनेर पनि आए, तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखेपनि बाँगाको बाँगै भनेजस्तो फेरि एमालेको केपी गुटमा नै गए।’

प्रकाशित: १६ मंसिर २०७८ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App