१६ चैत्र २०८० शुक्रबार
राजनीति

राप्रपाको एकता महाधिवेशनमा नेपालले भनेः राजा ल्याउनतिर नलागौं

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्। बुधबारबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा बोल्दै नेपालले मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताए।  

उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन सुझाव दिँदै अप्रत्यक्ष रुपमा राजा ल्याउनका लागि वकालत नगर्न अनुरोध गरे।

‘नेपाल एउटा यस्तो देश, जहाँ जातीय द्वन्द्व छैन। धार्मिक द्वन्द्व छैन। यो देशमा नेपालको आफ्नो किसिमको जुन स्थिति विद्यमान छ। राष्ट्रिय एकताको जुन भावना छ, जातीय सदभावको भावना छ। त्यसलाई दह्रो बनाउने काम गरौं,’ अध्यक्ष नेपालले भने, ‘कहीँ अनुचित कुरा छन्, त्यसलाई हटाऔं र सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं। प्रतिगमनतर्फ कोही नलागौं।’

अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका थिए।

प्रकाशित: १५ मंसिर २०७८ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App