१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानन्यायाधीश जबरा अस्पतालमा भर्नाः सर्वोच्चमा सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन्। उनी सोमबार बलम्बूस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका  हुन्। तर उनले बिदा भने लिएका छैनन्।

प्रधानन्यायाधीश बिना अदालत सञ्चालन हुन नसक्ने भन्दै कानुन व्यवसायीहरूले कायमुकायम कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि बुधबारको इजलास प्रभावित भएको छ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीशको विषयमा अन्योलता भएकाले निराकरण हुनुपर्ने माग गरेको सर्वोच्च अदालत बार एशोसिएशनका सचिव एवं अधिवक्ता ऋषिराम घिमिरेले जानकारी दिए। 

संविधानको धारा १२९ को उपधारा ६ मा प्रधानन्यायाधीश उपस्थित नहुने अवस्थामा अन्य व्यवस्था तोकिएकाले सोही बमोजिम कारवाही अगाडि बढाउन सुझाव बारले दिएको घिमिरेले बताए।

संविधानको धारा १२९ को ९६० मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वष्रिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ।

प्रकाशित: १५ मंसिर २०७८ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App