७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपा एकता महाधिवेशन आज उद्घाटनः अध्यक्षमा थापा र लिङदेनको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। पूर्वपञ्चहरूको पार्टीको छवि बनाएको राप्रपाको एकता महाधिवेशन उद्घाटन दिउँसो भृकुटीमण्डपमा हुनेछ।

दिउँसो १ बजे हुने महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले जानकारी दिए।

देशभरिका झन्डै पाँच हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यनीति पारित गर्नेछपार्टी स्थापनापछि पटकपटक विभाजन र एकीकरण हुँदै आएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष,एक महिलासहित चार उपाध्यक्ष,एक महिलासहित तीन महामन्त्री गरी १ सय ४९ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन्।

केही पदाधिकारीसहित केन्द्रीय समितिमा ५० जना अध्यक्षले मनोनीत गर्ने व्यवस्था विधानमा रहेको जानकारी वरिष्ठ नेता तामाङले दिए। निर्वाचित र मनोनीत गरी केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ। नेता तामाङले भने, ‘एकता महाधिवेशनले पार्टीलाई अझ मजबुत बनाएर अघि बढाउनेछ।’

राप्रपाको नयाँ अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान अध्यक्ष थापालाई तामाङसहितका नेताले समर्थन गरेका छन्। लिङदेनको पक्षमा प्रकाशचन्द्र लोहनीलगायत देखिएका छन्।

राप्रपाका पूर्वमहामन्त्री तथा सांसद लिङ्देनले थापालाई अध्यक्षबाट विश्राम लिन आग्रह गरेका छन्। ‘श्रद्धेय कमल थापालाई आग्रह गर्न चाहन्छु, समयको पदचापलाई बुझ्नुहोस्,’ उनले पत्रकारसँग मंगलबार भने, ‘कार्यकर्ताको आवाज बुझ्नुहोस्,अब अध्यक्षबाट विश्राम लिनुहोस्।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर जबराले एकता महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्न आग्रह गरेका छन्। उनले पार्टी नेतृत्वको प्रतिस्पर्धामा आफू नरहेको बताएका छन्।

राणाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको शृंखला नदोहोरियोस् भन्ने मेरो चाहना हो।

त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु।’ २०४६ सालको जनआन्दोलनपछि स्थापना भएको राप्रपा दर्जनौंपटक टुटफुटबाट गुज्रिएको छ।

प्रकाशित: १५ मंसिर २०७८ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App