८ वैशाख २०८१ शनिबार
राजनीति

अहंकारी र घमन्डी नेता हुँदैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन्। एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए। उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन्।

'जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ', उनले भने। उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए।

यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन्।

प्रकाशित: १४ मंसिर २०७८ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App