coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा एमाले अध्यक्षमा ओली विजयी

नेकपा एमालेको चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीले भारी मतले अग्रता लिएका छन्। निर्वाचनकाे अन्तिम परिणामसहित आधिकारीक घाेषणा केही बेरमै हुँदैछ। 

एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो। एमालेका दुई हजार १५३ प्रतिनिधिमध्ये २ हजार ९६ मत खसेको बताइएको छ। मतदान गर्ने अन्तिम समय ११ः१५ बजे सम्म ५७ जना मतदाता अनुपस्थित भएका छन्।

अध्यक्षमा ओली विजयी भएपछि अहिले सौराहको मतगणानास्थलमा प्रतिनीधि र कार्यकर्ताहरुको भीड लागेको छ। मतगणनाको परिणाम भने केही समयमा घोषणा गर्ने निर्वाचन आयोगका संयोजक विजय सुब्बाले बताएका छन्। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ। एमाले नेता विष्णु रिजालका अनुसार दसौं नर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने भएको हो।

विद्युतीय मेसिनबाट मतदान भएको थियो। एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय मेसिनबाट राखिएको थियो। एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो। निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको थियो।

प्रकाशित: १४ मंसिर २०७८ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App