४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेस धनुषा क्षेत्र नं ४ को सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ।

क्षेत्रीय सभापतिमा कुमरकान्त झा, सचिवमा बुधेश्वर महतो र जगदीश यादव, सहसचिवमा सञ्जयकुमार यादव र शैलेन्द्र महतो सर्वसम्मत चयन भएका हुन्। त्यसैगरी एक महिलासहित चार सदस्य निलम ठाकुर, अर्जुनकुमार महतो, रामजुलुम यादव र रामदयाल महतो चयन भएका छन्।

प्रदेशको ४ (क) बाट इन्दु यादव, जुगलकुमार यादव र राजु साह तथा प्रदेश ४ (ख) बाट किरणकुमारी सिंह, मोहन मण्डल र मकेश्वर यादव चयन भएका छन्। त्यस्तै समानुपातिकतर्फ महिलामा निर्मला कोइराला, शशिकला बराल, मधेसी पुरुषमा कमल राउत, रामनरेश मिश्र, खस आर्यबाट रामेश्वर घिमिरे, दलितबाट अम्बर परियार र अल्पसङ्ख्यकबाट राजेश्वर झालाई चयन गरिएको छ।

यसैगरी महाधिवेशन प्रतिनिधिमा तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादव, पूर्वसांसद डा चन्द्रमोहन यादव, क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियार, वासुलाल महतो, राजकुमार महतो, धीरेन्द्र मोहन झा, समीर घिमिरे, सन्तोष यादव, कोमलकान्त झा, नवकिशोर यादव, सरु लामा, तुल्सा आचार्य, सरिता यादव, रचना श्रेष्ठ माथेमा, वीरेन्द्रकुमार सिंह, रामवरण पासमान, पवनदेवी दास, इब्राहिम राइन, निर्मला झा, मीनादेवी, विणा यादव, बुलन यादव, रामपदारथ यादव, अशोक ठाकुर र मनोज मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ।

त्यस्तै महासमिति सदस्यमा भने पुरुष तर्फबाट महेन्द्र यादव, डा चन्द्रमोहन यादव, वासुलाल महतो, योगेन्द्र पजियार र सन्तोष यादव तथा महिलातर्फबाट तुल्सा आचार्य र रचना माथेमा श्रेष्ठ, समानुपातिक महिलाबाट बीना यादव, पुरुषबाट राजकुमार महतो, आदिवासी जनजातिबाट वीरेन्द्रप्रसाद सिंह र खस आर्यबाट समीर घिमिरेलाई चयन गरिएको छ।

प्रकाशित: १३ मंसिर २०७८ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App