coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

घर र सहर बस्नेलायक हुनुपर्छः मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छिन्। सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।

मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताइन्। उनले अहिले पनि नेपालको जनसख्याको ठूलो हिस्सा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताइन्। शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरि काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने बताइन्।

मन्त्री झाँक्रीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छिन्। सरकारले यस विषयमा योजनाबद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्यले सरकारको रहेको बताइन्। २०७२ सालको भूकम्पबाट भत्किएका घर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताइन्।

प्रकाशित: १३ मंसिर २०७८ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App