coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाहीमा मन्त्रीका पीसीओले चलाए गोली

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ। बलरा नगरपालिका वडा नम्बर ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको हो।

प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए। गोली चलेपछि भागदौडमा दुई जना घाइते भएका छन्। गोली चलाउनुपर्ने कारण आफूलाई थाहा नभएको एसपी प्रसाइले बताए।

प्रकाशित: १२ मंसिर २०७८ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App