coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले अग्रगमनको बाधक र नवफासीवादी शक्तिमा रुपान्तरितः भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अग्रगमनको बाधक र नवफासीवादी शक्तिको रुपमा रुपान्तरित हुँदै गएको बताएका छन्।

पार्टीले बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधिसभा बिघटनदेखि आजसम्म आइपुग्दा एमाले अग्रगमनको बाधक शक्तिका रुपमा स्थापित हुँदै गएको बताए। ‘प्रतिगमनकारी शक्तिको नेतृत्व खड्गप्रसाद ओली र उनको पार्टी एमालेले गरिरहेको छ। प्रतिनिधिसभा बिघटनदेखि महाधिवेशनसम्म आइपुग्दा एमाले अग्रगमनको बाधक शक्तिको रुपमा रुपान्तरित हुँदै गएको पुष्टि हुन्छ,’ भट्टराईले भने।

प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा रुपान्तरित हुँदै गएको एमालेबाट मुलुकले पार नपाउने दावी भट्टराईले गरे। एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको दियो भएको पनि उल्लेख गरे।

ठूला भनिएका पुराना राजनीतिक शक्तिले जनतामा भ्रम छरेर लोकतान्त्रिक मूल्य मान्यतालाई स्खलित गराइरहेको भन्दै उनले सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसबाट पनि मुलुकमा रुपान्तकारी परिर्वतनको अपेक्षा गर्न नसकिने बताए।  

‘सत्ता स्वार्थलाइ केन्द्रमा राखेर  आफ्ना डम्फु बजाउँनमै व्यस्त पुराना राजनीतिक शक्तिहरुबाट देशले निकास पाउँदैन, त्यसैले अब मुलुकलाई नयाँ राजनीतिक धु्रवीकरण र शक्तिको आवश्यकता छ’ भट्टराईले भने।

भट्टराईले माओवादी, एकिकृत समाजवादी र जनता समाजवादीबीच बैकल्पिक शक्ति निर्माणको सम्भावनाका लागि  प्रयत्न  भइरहेको पनि बताए।

प्रकाशित: १२ मंसिर २०७८ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App