७ वैशाख २०८१ शुक्रबार
राजनीति

अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

अफ्रिकी नागरिकलाई नेपालले प्रवेश गर्न नदिने भएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण भित्रिन नदिन सरकारले दक्षिण अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको छ। कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

गृह मन्त्रालयले अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले बताए।

प्रकाशित: १२ मंसिर २०७८ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App