८ वैशाख २०८१ शनिबार
राजनीति

दाङ कांग्रेसको सभापतिमा डाँगी

नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्। उनी संस्थापन ईतर समूहका हुन्। अर्का प्रत्यासी संस्थापन पक्षका भुपबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएपछि डाँगी सभापतिमा चुनिएका हुन्। यसअघि शनिबार भएको मतदानमा चारजनाबीच प्रतिष्पर्धा भएको थियो। सभापतिमा निर्वाचित डाँगी बाहेक अन्य तीनै जना संसथापन समूहका थिए।

तर उक्त मतदानबाट ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारको पक्षमा नपरेपछि पहिलो र दोस्रो भएका उम्मेदवारबीच आज पुनः मतदान हुने कार्यतालिका थियो। शनिबार भएको मतदानमा शंकरप्रसाद डाँगी पहिलो र भुपबहादुर डाँगी दोस्रो भएका थिए। सभापतिका अन्य दुई प्रत्यासी मध्य तेस्रो भएका जानकीलाल बस्नेत र चौथो भएका कमलकिशोर घिमिरे बाहिरिएका थिए।

पहिलो चरणको मतदानमा पहिलो भएका शंकरले ७ सय ७६ मत प्राप्त गरेका थिए भने दोस्रो भएका भुपबहादुरले ५ सय ४६ मत प्राप्त गरेका थिए। यसैगरि तेस्रो भएका जानकीलाल बस्नेतले ४ सय ७१ मत र चौथो भएका कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गरेका थिए।

आईतबार पुनः सभापतिका लागि दुई उम्मेदवारबीच मतदान हुने भनिएपनि सभापतिका आकांक्षी भुपबहादुर डाँगीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

यसैगरि उपसभापतिमा गिरीराज सुबेदी र कमानसिंह भारती बिजयी भए। सचिवमा अर्जुनकुमार योगी र बालिका लम्साल तथा सहसचिवमा राजु आचार्य र सुबोध कुमार डाँगी निर्वाचित भएका छन्। सदस्यहरुको मतगणना भने आज हुँदैछ।

प्रकाशित: १२ मंसिर २०७८ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App