७ वैशाख २०८१ शुक्रबार
राजनीति

पर्वत कांग्रेस सभापतिमा जोशी, स्याङ्जामा थापा

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी निर्वाचित भएका छन्। कांग्रेस पर्वतको अधिवेशनबाट संस्थापन पक्षका जोशी निकटम प्रतिस्पर्धी यामबहादुर मल्ललाई १६० मतले पछि पार्दै निर्वाचित भएका हुन्।

जोशीले पहिलो चरणको निर्वाचनमै ५१.५० प्रतिशत मत प्राप्त गर्न सफल भए। निर्वाचनमा कुल १ हजार १ सय ८६ मत खसेकोमा बिजयी जोशीले ६०९ मत प्राप्त गरे भने मल्लले ४४९ मत प्राप्त गरे। पर्वतमा संस्थापन पक्षबीच नै प्रतिष्पर्धा भएको थियो । जसमा बिजयी जोशीलाई संस्थापन ईतर समूहको पनि समर्थन रहेको थियो।

उपसभापतिमा जोशी प्यानलकै डा.चुडामणी शर्मा र शिवप्रसाद सुवेदी, सचिवमा सोहि प्यानलका अशोक उचै ठकुरी र गुप्तनीधि शर्मा तथा सहसचिवमा मल्ल प्यानलका अच्युत तिवारी र जोशी प्यानलका तिलकप्रसाद भुसाल बिजयी भएको निर्वाचन समितिले जनाएको छ।

यसैबीच, स्याङ्जा कांग्रेस सभापतिमा राजु थापा बिजयी भएका छन्। शनिबार सम्पन्न स्याङ्जा कांग्रेसको अधिवेशनले थापालाई सभापतिमा निर्वाचित गरेको हो। उनी प्रतिष्पर्धी भागवतप्रकाश मल्ललाई ३२ मतले पछि पार्दै बिजयी भएका हुन्। बिजयी थापाले १ हजार १ सय १७ मत ल्याउँदा पराजित मल्लले १ हजार ८५ मत प्राप्त गरे।

स्याङ्जा कांग्रेस सभापतिमा बिजयी थापा संविधान सभा सदस्य हुन् भने पराजित मल्ल गण्डकी प्रदेश सभा सदस्य हुन्। थापा जिल्लामा संस्थापन ईतर भनेर चिनिने भएपनि जिल्ला बाहिर देउवा समूहका रुपमा चिनिन्छ। मल्ल पनि देउवा पक्षकै हुन् तर जिल्लामा भने उनलाई गोपालमान श्रेष्ठ पक्षका भनेर चिनिन्छ।

स्याङ्जा कांग्रेस उपसभापतिमा थापा पक्षका केदार काफ्ले र मल्ल पक्षका शेरबहादुर थापा, सचिवमा थापा पक्षका गुरुप्रसाद भट्टराई र मल्ल पक्षका दामोदर लम्साल तथा सहसचिवमा मल्ल पक्षका ध्रुवबन्धु पौडेल र मल्ल पक्षका पृथ्वीप्रसाद पोख्रेल बिजयी भएका छन्।

प्रकाशित: १२ मंसिर २०७८ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App