१६ चैत्र २०८० शुक्रबार
राजनीति

रुपन्देहीमा रामकृष्ण खाँणको नेतृत्व सर्वसम्मत

नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएको छ। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन भएका हुन्। उनले यसअघि दुई कार्यकाल जिल्ला सचिवको जिम्मेवारी पूरा गरिसकेका छन्। त्यस्तै उपसभापतिमा डा अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे, सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई सर्वसम्मत भएका छन्। सहसचिवमा बिष्णु थापा र बासुदेव रिमाल निर्विरोध निर्वाचित भएका छन्।

गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पछिल्लो एकसाता जिल्लामै बसेर सर्वसम्मत नेतृत्वका लागि पहल कदमी चालेका थिए। शनिबार सम्पन्न जिल्ला अधिवेशनको घोषणा सभालाई उनले सम्बोधन गरेका थिए। गृहमन्त्री खाँणले काँग्रेसका आम कार्यकर्तालाई साझा नेतृत्वको महशुस गराउँदै पार्टीलाइ थप गतिशील बनाउन नवनिर्वाचित नेतृत्वलाई निर्देशन दिए।

गृहमन्त्री खाँणको नेतृत्वमा सार्वजनिक लेखा समिति सभापति भरत शाह, संस्थापन इतर पक्षका नेता पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रतिनिधि सांसद प्रमोद यादव, प्रदेश सांसद अष्भुजा पाठक, निर्वतमान जिल्ला सभापति अब्दुल रज्जाक लगायतको सक्रियतामा शुक्रबारै जिल्लाको नेतृत्व सर्बसम्मत गराउने सहमति भएको थियो।

प्रकाशित: ११ मंसिर २०७८ १५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App