८ वैशाख २०८१ शनिबार
राजनीति

समाजवादी आम जनताको हित गर्ने पार्टीः नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूको पार्टी मुलुकका आम जनताको हित गर्ने पार्टी रहेको बताएका छन्।

गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा उनले समाजवादी अन्याय र अत्याचारका विरुद्धमा परेका जनताको हितमा सदैव लड्ने पार्टी रहेको बताए। उनले भने, ‘विद्रोहको जगमा निर्माण भएको यस पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिष्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नेछ।’ समाजवादी गरिब तथा सर्वहारा जनताको हित गर्ने पार्टी रहेको बताउँदै भेदभाव समाप्त पार्ने दाबी गरे।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एमालेमा विचार र निष्ठा कम हुँँदै भएको आरोप लगाए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको धारणा राखे।

प्रकाशित: ११ मंसिर २०७८ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App