१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ। पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिए। समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ।

यस्तै सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, जनसम्पर्क समितिका अध्यक्ष, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू समितिका सदस्यका रूपमा राखिएको छ। यसैगरी प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापति सदस्य रहेका छन्। कांग्रेसको कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रवक्ता शर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको जिम्मेवारी तोकेको थियो।

प्रकाशित: ११ मंसिर २०७८ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App