१२ माघ २०७८ बुधबार
राजनीति

एमालेको केन्द्रीय कमिटी तथा पदाधिकारी बढ्ने

एमालेको केन्द्रीय कमिटी तथा पदाधिकारी बढ्ने निश्चित भएको छ। एमालेको चितवनमा जारी महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारी बढाउने विषयमा भएको प्रस्तावलाई महाधिवेशनको बन्दसत्रले पारित गरेको छ। 

पारित भएसँगै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या पनि बढ्ने भएको हो। बढेसँगै अब एमालेको केन्द्रीय समिति ३०१ सदस्यीय र पदाधिकारीहरुको संख्या १९ हुनेछ।

महाधिवेशनको उद्घाटन सत्र सकाएर हिजो राति बसेको केन्द्रीय समितिको अन्तिम बैठकले केन्द्रीय समितिको संख्यामा फेरबदल गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ११ मंसिर २०७८ २०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App