७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुलीका दुबै क्षेत्रको सभापतिमा देउवा पक्ष निर्वाचित

तीन दिनदेखि स्थगित काँग्रेस क्षेत्र नं. २ को मतगणना सकिएको छ। नेपाली काँग्रेसको महाधिवेशनमा सिन्धुली क्षेत्र नं. २ को मतगणना गर्ने क्रममा ११ मत फरक बाकसमा भटिएपछि विवाद भएर मतगणना रोकिएपछि नतिजा सार्वजानिक हुन सकेको थिएन।

११ मतसहित अन्तिम मतपरिणामा देउवा पक्षका कुमार ढकाल विजयी भएका छन्। उनी एक मतान्तरणले विजयी भएका हुन्। विजयी भएका ढकालले ३६२ मत पाएका थिए भने अर्का प्रतिस्पर्धी कपिल कोइरालाले ३६१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यही मंसिर ६ गते सम्पन्न निर्वाचनको मतगणनामा ढकालले ३५८ र कोइरालाले ३५५ मत प्राप्त गरेकका थिए।

अर्को बाकसमा ११ मत भेटिएपछि ढकालले मतगणना बहिष्कार गरेका थिए। तर शनिबार ११ मत गणना गर्ने सहमती भएपछि गणना हुँदा ढकाल एक मतले विजयी भएका हुन्।

योसँगै सिन्धुलीका दुईओटै संघीय निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार क्षेत्रीय सभापतिमा  निर्वाचित भएका छन्। संघीय निर्वाचन क्षेत्र नं. १ मा देउवा पक्षीय कर्णबहादुर थापामगर निर्वाचित भइसकेका छन्। सिन्धुलीबाट निर्वाचित ४८ जना महाधिवेशन प्रतिनिधि दुबै पक्षका बराबर नै रहेका छन्।

प्रकाशित: ११ मंसिर २०७८ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App