coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसको क्षेत्रीय सभापतिमा क्रमशः खगेन्द्र र रामकुमार

क्षेत्र नं. १ का सभापति खगेन्द्र राई र २ का रामकुमार राई। तस्बिरः महेश्वर/नागरिक

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि मंगलबार सम्पन्न संघीय निर्वाचन क्षेत्रीयस्तरको चुनावमा दुवै क्षेत्रमा संस्थापन पक्षीय खेमाले प्यानलै जितेको छ। निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा रामकुमार राईले प्यानलसहित सभापति जितेका छन्।

मंगलबार मतदान भई बुधबार साँझ प्रकाशित नतिजा अनुसार प्रतिस्पर्धी बसन्त बस्नेतभन्दा १० मत बढी ल्याएर खगेन्द्र सभापति चिर्वाचित भएका हुन्। पार्टीको साविक २ नं. क्षेत्रीय सभापति रहेका बस्नेतसँग कडा प्रतिस्पर्धाबाट राई सभापति विजयी भएको पार्टीले जनाएको छ। पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार चौदण्डीगढी नगर प्रमुखसमेत रहेका राईले ३ सय ४४ मत पाएर सभापति विजयी हुँदा बस्नेतले ३ सय ३४ मत पाएका थिए।

उता २ नं. क्षेत्रको निर्वाचन परिणाम भने निकै ढिलो आएको छ। बिहीबार विहान सार्वजनिक परिणाम अनुसार रामकुमार राईले १५ मत बढी ल्याएर सभापतिमा बाजी मारेका हुन्। जम्मा ६ सय ६५ खसेको मतमध्ये साविक कटारी गाविसका पूर्व अध्यक्षसमेत रहेका राईले प्रतिस्पर्धी रामकुमार खत्रीभन्दा १५ मत बढी ल्याएर सभापति जितेको पार्टीले जनाएको छ। आफू देउवा प्यानलकै भएर पनि आन्तरिक बिबादका कारण पूर्व सांसद नारायण खड्काले समेत खत्रीलाई सहयोग गरेको कार्यकर्ताहरुले बताएका छन्।

केन्द्रमा देउवाको संस्थापन पक्ष तथा रामचन्द्र–सशांक खेमामा विभाजन भए पनि उदपुरमा भने वर्तमान सभापति बस्नेत र पूर्व सभापति कार्की खेमाबीच आसन्न महाधिवेशनमा चर्को प्रतिस्पर्धा भईरहेको छ। जसमा बसथदेखि वडातहसम्मको प्रतिस्पर्धामा मिश्रित परिणाम आईरहेकोमा डा. खड्का परराष्ट्रमन्त्री भएपछि एकाएक चुनावहरु प्रभावित भएको बताइएको छ।

वडापछि भएको स्थानीय तह र प्रदेशसभास्तरका चुनावमा कार्की खेमाले साथ पाईरहेकै बेला स्वयं कार्की प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएपछि उनको प्यानललाई थप सहयोग पुगेको विश्लेषण गर्नेहरु पनि जिल्ला काँग्रेसमा कम छैनन्। यति हुँदाहुँदै पनि दुवै क्षेत्रमा जितेका सभापति राईद्वय आफैमा लोकप्रिय भएको बताउँछन्।

बस्नेत र कार्कीले यसअघि नै जिल्ला सभापतिमा उम्मेदवारी घोषणासमेत गरिसकेका छन्। जिल्ला सभापतिदेखि कन्द्रीयस्तरसम्म सम्पर्क र पहुँच बढाउने योजनाले पनि नेता कार्यकर्ता स्पष्ट दुई भागमा विभाजित भएको अवस्था छ। तर, अहिलेसम्मको चुनावी परिणाममा कार्की प्यानल सशक्त देखिएकाले बस्नेत सभापतिमा चुनाव हार्ने सम्भावना रहेको कार्यकर्ताको आंकलन छ।

प्रकाशित: ९ मंसिर २०७८ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App