coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोरङमा कोइराला समूहको वर्चस्व

नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत मोरङमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। मत परिणाम अनुसार मोरङको क्षेत्र नम्बर ५ मा मात्रै संस्थापन पक्षले सभापतिमा जित हासिल गरेको छ। अन्य क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला पक्षका उम्मेद्वार विजयी भएका छन्।

नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ को सभापतिमा शंकर राई, क्षेत्रनम्बर २ को सभापतिमा नागेश्वर सिंह, क्षेत्र नम्बर ३ को सभापतिमा गणेश खड्का, क्षेत्र नम्बर ४ को सभापतिमा विनोद बस्नेत, क्षेत्र नम्बर ५ को सभापतिमा जिवछ मण्डल(गच्छदार) र क्षेत्र नम्बर ६ को सभापतिमा देवराज तामाङ निर्वाचित भएका छन्।

कांग्रेसको निर्वाचनमा प्रदेश १ का प्रदेशसभा सदस्य (सांसद)सहित पूर्वमन्त्री र चर्चित नेताहरु समेत पराजित भएका छन्। प्रदेश सांसदहरु बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भएका छन्।

यस्तै नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमिला थापा, दामोदर कोइरालालगायतले हार बेहोरेका छन्।

प्रकाशित: ९ मंसिर २०७८ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App