६ माघ २०७८ बिहीबार
राजनीति

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रिय सभापतिमा देउवा पक्षका खा बिजयी

कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्रीय सभापतिमा देउवा पक्षका अब्दुल मन्नान खा बिजयी भएका छन्। खाले २० मतको अन्तरले अर्का उम्मेदवार टेक बहादुर शाहीलाई हराउँदै क्षेत्रीय सभापति बनेको हुन्। उनले २ सय ९९ र शाहीले २ सय ७९ मत पाएका  हुन्। सतिमिा खा कै प्यानल बिजयी भएको छ। 

यस्तै महाधिवेशन प्रतिनिधिमा आशिष शर्मा, कमल टण्डन, गणेश बहादुर क्षेत्री, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, दुनिका भुसाल, राजेश आर्चाय, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पाडैल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली रहेका छन्। 

महिलामा अपिला टण्डन, इन्दीरा भटराइ, तनुश्री भण्डारी, बिमला गैरे, त्यस्तै अन्य कोटामा मित्रदेव घिमिरे, गिता पाठक, मेवालाल यादव र सुरेश शर्मा बिजयी भएा छन्। यसअघि नै सो क्षेत्रमा गुण लक्ष्मी शर्मा र कृष्ण न्यौपाने महाधिबेशन प्रतनिधमा निर्बिरोध निर्वाचित भएका थिए। 

उता क्षेत्र नम्बर ३ को मतगणना जारी रहेको र क्षेत्र नम्बर २ को भने केही मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका कारण बिवाद भए पछि रोकिएको केन्द्रिय प्रतिनिधि घन श्याम पन्तले बताए।

प्रकाशित: ९ मंसिर २०७८ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App