मंगलबार सवारी दुर्घटनामा परेका नेकपा माओवादी केन्द्रका नेता रामप्र्रसाद बञ्जाडे ‘टंकमणी’को उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडेको उपचारका क्रममा आज बिहान बुटवलको मर्सिसिटी अस्पतालमा मृत्यु भएको हो। पार्टी कै एक कार्यक्रममा सहभागी भएर दाङबाट बुटवल फकर्दै गर्दा मंगलबार साँझ बुटवलको जितगढीमा उनी दुर्घटनामा परेका थिए।
बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाइ ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले जितगढीमा ठक्कर दिएको थियो। उनी सवार मोटरसाइकलका चालक जितबहादुर रानामगर पनि घाइते भएका छन्। ५६ वर्षीय बञ्जाडेका श्रीमती र एक छोरा र छोरी छन्। अर्घाखाँचीको धारापानी जन्मघर भएका उनी बुटवलको जितगढीका स्थायी बासिन्दा हुन्। जनयुद्ध कालदेखि नै उनी माओवादीमा आवद्ध भएर भुमिगत राजनीतिमा होमिएका थिए।
प्रकाशित: ८ मंसिर २०७८ ०९:२७ बुधबार