८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस महाधिवेशन नेतृत्वमा युवा हाबी

नेपाली कांग्रेसलाई एउटा ट्याग छ, ‘बुढा पार्टी।’ यो ट्याग कांग्रेस पुरानो पार्टी हो भनेर होइन, तल्लो तहदेखि माथिल्लो तहसम्म पाका (उमेर ढल्केका) पार्टी नेतृत्वमा हुँदा ट्याग लागेको हो। तर, कांग्रेसको १४औँमहाधिवेशनका लागि स्थानीय तहमा भएकाअधिवेशनहरुले भने यो ट्यांग हटाउन प्रयास गरेका छन्।

१४औँ अधिवेशनमा पदाधिकारी, सदस्यदेखि प्रतिनिधिसम्म युवाको संख्या धेरै छ। यसलाई कांग्रेसले पार्टीमा युवा आकर्षण पनि भनेको छ। अधिकांश वडामा युवाले नेतृत्व पाएका छन्। यसले अरु युवालाई राजनीतिकमाआकर्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निश्चित छ। 

नेपालगन्ज उपमहानगर पालिकाको नेतृत्वमा तीनै जना युवाबीच प्रतिस्पर्धा भयो। नेतृत्वका लागि पुरानो पुस्ताको दाबी नहुँदा पनि नेपालगन्ज उपमहानगर पालिकाले युवा प्रशान्त बिष्ट नेतृत्व पुगे। त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको सभापतिमा उपेन्द्रबहादुर खड्का विजयी भए। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका स्थानीय तहहरुमा युवाको हाबी रह्यो।

नेपाली कांग्रेस भित्र युवा आज मात्रै नभएर पहिला पनि भएको भन्दै नेपाली कांग्रेस कर्णालीका युवा नेता तथा तरण दलका केन्द्रीय महासचिव भुपेन्द्र जंग शाहीले जनाए। ‘पार्टीमा हामी युवा जहिले पनि छौं,’ उनले भने, ‘तर भूमिका र जिम्मेवारीबाट पार्टीले अलग्गै राखेको थियो।’ यसपालि तल्लो तहमा युवा जबरजस्त नेतृत्वमा पुगेको र केन्द्रमा पनि युवा जबरजस्त प्रवेश गर्ने उनको भनाइ छ। 

पार्टीलाई समाजसँग जोड्न भए पनि युवाहरु जबरजस्त पार्टी नेतृत्वमाआउनु पर्ने उनको भनाइ छ। ‘समाजका हरेक समिति, क्लबहरुमा युवाहरु छन्,’ उनले भने, ‘पार्टीमा युवा नभए पार्टीलाई समाजसँग जोड्न सकिँदैन।’ वैचारिक र समाजिक ढंगले पार्टीलाई जोड्न आफूहरु पार्टी नेतृत्वमाआएको युवाहरु बताउँछन्।

यस महाधिवेशनमा पार्टीको विधान खुकुलो हुँदा पनि युवालाई नेतृत्वसम्म पुग्न सहज भएको रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले बताए। विधान खुकुलो हुँदा र समाजले युवालाई पर्खिंदा युवाहरु पछाडि हट्न नहुने उनी बताउँछन्। पार्टीलाई अहिले विभिन्न खालका चुनौती भएकाले पनि त्यो चुनौती पार गर्न युवालाई अवसर दिनुपर्ने उनले बताए। युवाको भावना युवाले नै बुझ्ने हुँदा युवा नेतृत्वमा पुग्नु पर्ने भन्दै उनले भने, ‘पुराना पुस्तालाई अभिभावकका रुपमा लिँदै युवालाई नेतृत्व दिनुपर्छ।’

वडा, गाउँ तथा नगरपालिका, क्षेत्रमा पदाधिकारी मात्र होइन त्यहाँबाट प्रतिनिधि पनि युवाहरु चुनिए। ‘नेपाली कांग्रेसको यस अधिवेशनबाट युवाहरु आएका छन्,’ नेपाली कांग्रेस बाँकेका नेता पोषण केसीले भने, ‘यसले अन्य युवालाई पनि कांग्रेसमाआउन बाटो खुला गरेको छ।’ ‘पहिला नेपाली कांग्रेसमा युवा नभएका होइनन्,’ उनी भन्छन्, ‘तर युवाहरु नेतृत्वमा पुग्न सकेका थिएनन्। अहिले युवाहरु नेतृत्व क्षमता विकास गरेर नेतृत्वमा पुगेको नेपाली कांग्रेसका नेताहरु बताउँछन्।

यस अधिवेशनबाट कांग्रेसले आफूमा लागेको ट्याग केही हदसम्म हटाएको छ। पार्टीको वडा तहको निर्वाचनमा चुनिएका उदीयमान युवायुवतीको प्रतिनिधित्वले नयाँ आशा जगाएको छ। लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड जमाएको आरोप खेपिरहेको कांग्रेसमा पार्टीप्रति युवा आकर्षण बढेपछि नयाँ ऊर्जा पनि थपिएको कांग्रेस नेताहरुले बताएका छन्। 

भविष्यमा कांग्रेसको नाममा राजनीति गर्न चाहने पुस्ताका लागि मैदान फराकिलो हुने विश्वास कांग्रेसको छ। अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवाआकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो हुने भन्दै कांग्रेस नेताहरुले भनेका छन्, ‘कम्युनिस्ट पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।’

प्रकाशित: ६ मंसिर २०७८ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App