coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए। राष्ट्रिय राजनीतिमा समेत परिचित नेता कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउदको गृहजिल्लामा नेता नता कार्यकर्ता चुनावी समूह बनाएर विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन्।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ। उक्त निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य दीवान विष्टको राम्रो पकड मानिन्छ। त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भिडन्त हुँदैछ। उक्त क्षेत्र कांग्रेस नेता तथा पूर्वमन्त्री साउदको पकड राम्रो रहेका क्षेत्रका रूपमा लिइन्छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द र गणेशसिंह नेगीबीच सभापतिका लागि निर्वाचन हुँदैछ। नेता रमेश लेखकको पकड क्षेत्र मानिएको उक्त क्षेत्रमा यसअघिका निर्वाचनमा लेखक निकट नेता चुनावी प्रतिस्पर्धामा प्यानलसहित विजयी भइसकेका छन्। तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेस नेता तथा कार्यकर्ताले चुनावी प्रचारप्रसारलाई बिहानैबाट तीव्रता दिएका छन्। रासस

प्रकाशित: ६ मंसिर २०७८ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App