८ वैशाख २०८१ शनिबार
राजनीति

मटिहानी जाँदै राष्ट्रपति भण्डारी

महोत्तरीको एतिहासिक, धार्मिक एवं सांस्कृतिक धरोहरको अवलोकनका निमित राष्ट्रपति विद्यादेवी भण्डारी केही बेरमा मटिहानी आउँदैछिन्। मटिहानीस्थित सीमासँगै जोडिएको मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, लक्ष्मी नारायण मठ र जलेश्वरनाथ महादेवको दर्शनका लागि राष्ट्रपति आउन लागेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।

राजकीय संस्कृत विद्यालय नेपालकै जेठो विद्यालय हो भने लक्ष्मीनारायण मठको इतिहार पाँच सय पचास वर्ष पूरानो छ। थत जलेश्वरनाथ महादेव मन्दिर चार महादेवमध्ये एक हुन्।  

मटिहानीको अर्को इतिहास पनि छ। त्रेता युगमा माता सीताको विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको बताइन्छ। जनकपुरमा त्यही माटोबाट वेदी बनाइएको थियो। माटो खनेकै ठाउँमा लक्ष्मीसागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका थिए। त्यस मूर्तिलाई प्राणप्रतिष्ठा गरेपश्चात् नैवेद्यको रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण भगवानको मन्दिर स्थापना गरेको भनाई छ।

एतिहासिक, धार्मिक, पौराणीक एवं सांस्कृतिक विरासत बोकेको मटिहानी राज्यबाट सधैं उपेक्षित बनेको स्थानीय जनप्रतिनिधि बताउँछन्। राज्यको उपेक्षाका कारण यस ठाउँले अपेक्षित विकास पाउन सकेनन्। राष्ट्रप्रमुखको भ्रमणले राज्यको नजर मटिहानीमा केन्द्रित हुने अपेक्षा गरिएको छ। यस भ्रमणले मटिहानीको समग्र विकासमा राज्यको गम्भीरता केन्द्रित हुने अपेक्षा छ, मेयर मण्डलले भने।  

प्रकाशित: ६ मंसिर २०७८ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App