८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको इलाम अध्यक्षमा विपिन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जिल्ला नेतृत्व चयन गरेको छ। चौथो जिल्ला अधिवेशनबाट विपिन योङ्याको अध्यक्षतामा ३२ सदस्यीय समिति गठन गरिएको हो।

समितिका ४ उपाध्यक्षमा फूलकुमार शेर्मा, वीरेन साम्बाहाम्फे, सनबहादुर योङहाङ र पूर्ण फत्र लिम्बू छन्। सचिवत्रयमा अम्बिका योङहाङ, जितकुमार मुखिया र राजन फियाक तथा कोषाध्यक्षमा सम्झना लावती चयन भएका छन्।

समितिका सदस्यहरू पनि चयन भइसकेको मञ्चका पूर्वअध्यक्ष दीपक योङहाङले जानकारी दिए। उनका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा नेतृत्व चयन भइसकेको छ।

निर्वाचन क्षेत्र तहको नेतृत्व चुन्न चाहिँ बाँकी नै छ। आउँदो २६ र २७ गतेका लागि सुनसरीको धरानमा पार्टीको महाधिवेशन तय गरिएको उनले जनाए।

प्रकाशित: २ मंसिर २०७८ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App