८ वैशाख २०८१ शनिबार
राजनीति

अमेरिकी सहायक विदेशमन्त्री आज आउँदै

मध्य एसिया तथा दक्षिण एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बुधबार नेपाल भ्रमणमा आउँदैछन्।

हाल माल्दिभ्स भ्रमणमा रहेका उनी बुधबार काठमाडाैँ आउने कार्यक्रम रहेको छ। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतका उच्च सरकारी अधिकारीलाई भेटने कार्यक्रम रहेको छ।

भेटमा के विषयमा छलफल हुने भन्ने बारेमा खुलाइएको छैन। तथापि उनको भ्रमण र उच्चस्तरीय भेटघाटका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिसकेको छ। उनी सोमबार माल्दिभ्स आइपुगेका हुन्।

नेपालमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)लाई संसद्बाट अनुमोदन गर्न ढिलाइ भइरहेका बेला हुन अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ।

एमसिसी अनुमोदनमा ढिलाइ भएकोप्रति अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै आएको छ। यसअघि एमसिसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि नेताहरूसँग आग्रह गरेकी थिइन्।

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएका बेलासमेत एमसिसीका उच्च अधिकारीले देउवालाई भेटेर एमसिसी कार्यान्वयनबारेमा चासो रोखका थिए। केही दल र नेता एससिसी अघि बढाउन नहुने पक्षमा रहेकाले यो परियोजना संसद्बाट अघि बढ्न सकेको छैन।

प्रकाशित: १ मंसिर २०७८ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App