वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए उनलाई प्रधानन्यायाधीशको कुर्सी छुन नदिने अवस्था पनि आउन सक्ने बताएका छन्। आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना सकेपछि बार भवन परिसरमा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता कार्कीले सो कुरा बताएका हुन्।
यस्तै, बारले कुर्सी छाड्नका लागि नाराबाजी गर्नुपर्ने अवस्था आउनेतर्फ उनले सचेत गराए।
उनले भने,‘सायद यसपछि भन्नुपर्ने स्थिति आउँछ, डन्ट टच द चेयर। तपाई यति पोलुटेड हुनुभयो, अब तपाईँले त्यो कुर्सी छुन पनि कुर्सीप्रतिको अन्याय हुन्छ भन्ने अवस्था आउनसक्छ। कुर्सी छोड भन्ने नारा लाग्न सक्छ।’
वरिष्ठ अधिवक्ता खरेलले न्यायपालिकाको शुद्धिकरणका लागि गरिएको आन्दोलनप्रति राजनीतिक दलहरुको पनि ध्यानाकर्षण गराएका हुन्।
प्रकाशित: २८ कार्तिक २०७८ ०९:०६ आइतबार