coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस निर्वाचनको तात्यो माहोल

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाँकेमा निर्वाचनको महोल तातेको छ। निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस नेता, कार्यकर्ता भोट माग्न क्रियाशील सदस्यका घरघरमा पुगिरहेका छन्। बाँकेमा आइतबार ८१ वटै वडामा निर्वाचन सम्पन्न हुँदैछ।

उक्त निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रबार नै खटाइएको छ।

निर्वाचन सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा खटाइएको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिए। ‘निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे उहाँहरूलाई अभिमुखीकरण गरियो, त्यसपछि सबैलाई निर्वाचन सामग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ उनले नागरिकसँग भने।

निर्वाचन सामग्री हस्तान्तरण गर्नुअघि अभिमुखीकरण गरिएको थियो। अभिमुखीकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका थिए। अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत भट्टराईले नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्वाचन सम्पन्न गर्ने ठूलो जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा आएको बताए।

‘पार्टीको निर्वाचन सम्पन्न गर्न तपाईहरू वडावडामा खटिँदै हुनुहुन्छ, तपाईमाथि ठूलो जिम्मेवारी छ, त्यसकारण निष्पक्ष र विवादरहित ढंगले चुनाव सम्पन्न गराउनु होला,’ उनले भने। समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष वीरेन्द्र यादवले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत भएर खटिसकेपछि तटस्थ भूमिका खेल्नुपर्ने बताए।

निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार उम्मेदवारी मनोनयनलगायतका काम सम्पन्न हुने समितिले जनाएको छ। बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेशसभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन्।

प्रकाशित: २८ कार्तिक २०७८ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App