७ वैशाख २०८१ शुक्रबार
राजनीति

न्यायापालिकाभित्र देखिएको समस्या राजनीतिक दलको एजेण्डा होइन : नेता गुरुङ

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिकाभित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताए। 

उनले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेण्डा बनेमा अथवा कार्यपालिकाको एजेण्डा बनेमा मात्रै राजनीतिक दलहरु आकर्षित हुने भन्दै न्यायालयको समस्यालाई न्यायालयको स्वतन्त्रताको मान्यता अनुसार त्यही भित्रबाट निकास खोज्नुपर्ने बताए।  

‘अहिले दलहरुले एजेण्डा बनाउने विषय पनि होइन। दलहरुको क्षेत्राधिकार भित्रको विषय पनि पर्ने कुरा भएन। भविष्यमा संसदमा एजेण्डा बन्यो या कार्यपालिकाको एजेण्डा बन्यो भने त्यो बेलामा दलहरु आकर्षित हुने कुरा एउटा पाटो भयो’, उनले भने, ‘अन्यथा अहिले दलहरुको एजेण्डा बनिसकेको जस्तो लाग्दैन। अहिले न्यायालय लगायतका कुनैपनि निकायभित्र पैदा भएको समस्याको समाधान त्यहीँबाट खोज्नु नै उपयुक्त हुन्छ। संविधानको भावना र मर्म अनुसार, न्यायपालिकाको स्वतन्त्रताको मान्यता अनुसार त्यही ढंगले निकास खोज्नुपर्छ भन्ने लाग्छ।’

उनले पाँच दलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भुमिका खेल्ने बताए। नेता गुरुङले एमसिसीका कतिपय विषय संशोधन भएमात्रै प्रक्रिया अगाडी बढ्ने उल्लेख गर्दै अहिलेको अवस्थामा एमसिसीको प्रक्रिया अगाडी बढ्ने सम्भावना नरहेको बताए। 

प्रकाशित: २४ कार्तिक २०७८ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App