coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश जबराले आफूसहित तोके इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार आफूसहित ६ वटा इजलास तोकेका छन्। सोमबारका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकिएको छ।

न्यायाधीशहरूले प्रधान्यायाधीशले इजलास छोडे बन्दीप्रत्येक्षीकरणको मुद्दा मात्रै आफूहरूले सुनुवाइ गर्ने अडान राखेका थिए। तिहार अघि केही दिन प्रधानन्यायाधीशले आफ्नो लागि इजलास नतोकी अरू न्यायाधीशहरूका लागि उनीहरूको माग अनुसार बन्दी मुद्दा मात्रै तोकेका थिए।

कार्यपालिका, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायीक विचलन देखिएको भन्दै न्यायाधीशहरूले उनको राजीनामा मागेका थिए। प्रधानन्यायाधीश राणाले राजीनामा नदिउन्जेल बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दा नहेर्ने अडान न्यायाधीशहरूले राखेका छन्।

त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App