१६ चैत्र २०८० शुक्रबार
राजनीति

उपराष्ट्रपतिबाट टीका ग्रहण

उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन्।

लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे। सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए।

प्रकाशित: २० कार्तिक २०७८ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App