coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

छिटो निर्वाचन हुनेवाला छैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय र प्रादेशिक निर्वाचन छिटो नहुने बताएका छन्। अर्लि ईलेक्सनको चर्चा चलिरहेका बेला अध्यक्ष नेपालले एक वर्षभन्दा छिटो निर्वाचन नहुने बताएका हुन्।

नेकपा (एकीकृत समाजवादी) कंचनपुरको बिस्तारित बैठकलाई बिहीबार महेन्द्रनगरमा सम्वोधन गर्दै पुरानो पार्टीबाट बिद्रोह गरेर नीति र बिचारमा चल्ने पार्टी बनाएको बताए। व्यक्तिबादमा नभई नीति र बिचारको आधारमा चल्ने पार्टी हुने उनको भनाइ थियो। ‘व्यक्ति प्रधान नभई बिचार प्रधान भएको पार्टी हुने छ’, उनले भने। अर्बाैको सम्पत्ती केपी ओलीले खोसेर लगेका छन्। खर्बाै सम्पत्ती जोड्ने खुवी आफ्नो पार्टीसँग भएको उनको भनाइ थियो।

धेरैपार्टीसँग एकता र सहकार्यका लागि छलफल चलिरहेको छ

अध्यक्ष नेपालले धेरै खोल्छा, खोला, भंगाला मिलेर ठूलो नदी बन्ने चर्चा गर्दै नेकपा एकीकृत समाजवादी पनि ठूलो पार्टी बन्ने दिशामा रहेको बताए। ‘राष्ट्रिय जनमोर्चा मोहनबिक्रम सिंह समूह, नेकपा माओवादी मोहन बैद्य, बिवेकशील साझा पार्टीसँग छलफल भैरहेको छ’, उनले भने,‘उनीहरुले भनिरहेका छन्, तपाईहरुले बादशाहलाई घोडाबाट खसालिदिएर नयाँ तरगं ल्याउनु भएको छ।’

सत्तापक्षीय दलहरुसँगकाे गठबन्धन चुनावसम्म रहने उनले बताए। ‘माओवादी केन्द्र लगायतका अग्रगमन पक्षधर पार्टीसँग चुनावी तालमेल गर्ने छौं’, उनले भने।

अध्यक्ष नेपालले केपी ओली दक्षिणपंन्थी शक्तिसँग साँठगाँठमा रहेको बताए। ओलीको दरवारीयासँग सम्बन्ध रहेको उनको भनाइ थियो। ‘दरवारीया र राप्रपासँग ओलीको साँठगाँठ रहेको छ’, उनले भने,‘हामी सधै प्रतिगमनविरुद्ध रहेका छौं।’

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ

सुदूरपश्चिम प्रदेश सभामा पहिलो पार्टी बनाएर किर्तिमान काम गरेको उनले बताए। ‘सबैभन्दा ठूलो पार्टी भएर सरकारको नेतृत्व कहिले गर्ने भनेर तपाईहरुलाई लागेको होला, चिन्ता नगर्नुहोस समय आउँदै छ, सुदूरपश्चिमको समय आउँछ, आउँछ। सबैभन्दा ठूलो पार्टी भएपछि सुदूरपश्चिममा स्वभाविक रुपमा हाम्रो हक लाग्छ नै,’ उनले भने, ‘यसको लागि छलफल चलिरहेको छ।’

बिपक्षी भएको ठाउँलाई प्रदेश सरकारको नेतृत्व बदल्ने कुरालाई प्राथमिकता दिएको उनको भनाइ छ। प्रदेश नम्वर २ मा नेकपा (एकीकृत समाजवादी)को झण्डा फरफराएको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा पनि निर्वाचन हुनु अघि पालो आउने उनको भनाइ छ।

हत्या भएको निर्मला पन्तलाई केपी ओलीको सरकारले न्याय दिन नचाहेको उनको आरोप थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमाको समस्या तथ्यका आधारमा भारतसँग राम्रो सम्वन्धका साथ छलफल गरेर समाधान गर्नुपर्नेमा उनले जोड दिए। केपी ओली कहिले घोच्ने र कहिले लम्पसार हुने देखाएको उनको आरोप थियो।

यसैगरि बिहीबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा छलफल नचलेको पनि उनले बताए।

प्रकाशित: ११ कार्तिक २०७८ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App