६ चैत्र २०८० मंगलबार
राजनीति

एमालेले चुन्यो सात पालिकाको नेतृत्व

नेकपा (एमाले)ले जिल्लाका ७ स्थानीय तहमा नेतृत्व चुनेकोे छ। १० स्थानीय तहमध्ये चुलाचुली, माङ्सेबुङ र फाकफोकथुममा अधिवेशन स्थगित छ।  

इलाम, सूर्याेदय, माई र देउमाई नगर तथा माइजोगमाई, रोङ र सन्दकपुर गाउँपालिकामा नेतृत्व चयन गरिएको छ। धेरैजसो पालिकामा सहमतिमै नेतृत्व चयन भए पनि केही पालिकाका केही पदमा निर्वाचन भएको एमालेले जनाएको छ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव चयन गरेको छ। ९० प्रतिशत सदस्य निर्वाचित भएको र बाँकी १० प्रतिशत त्यही कमिटीले मनोनित गर्ने व्यवस्था छ।

एमाले इलाम नगर अध्यक्षमा तिलक ठकुरी चयन भए। उपाध्यक्षमा दीपेन्द्र चापागाईं, सचिवमा ठाकुरनारायण श्रेष्ठ र उपसचिवद्वयमा नारद लम्साल तथा चित्रमाया गुरुङ चयन भएका छन्। माई नगर अध्यक्षमा खम्बसिंह लिम्बू, उपाध्यक्ष नरेन्द्रबहादुर खड्का, सचिव हेमबहादुर मगर र उपसचिवमा देवीप्रसाद नेपाल तथा रूपा राई निर्वाचित भए।

सूर्याेदय नगर अध्यक्षमा दुर्गादेवी भट्टराई, उपाध्यक्ष विमल कार्की, सचिव पारस राई तथा उपसचिवमा शंकर गदाल र टंकप्रसाद घिमिरे छानिए।

देउमाई नगरपालिका अध्यक्षमा भीमलाल खनाल, उपाध्यक्षमा दाबा तामाङ, सचिवमा नेत्र पोख्रेल तथा उपसचिवमा गंगा भट्टराई र चिजुमाया राई चुनिए। माइजोगमाई गाउँपालिका अध्यक्षमा खगेन्द्र घिमिरे, उपाध्यक्ष सोनाम शेर्पा, सचिव भेषराज भट्टराई (राजीव) र उपसचिवमा धनबहादुर सुवेदी तथा अमर देवान छानिएका छन्।

सन्दकपुर गाउँपालिका अध्यक्षमा गिरीराज खनाल, उपाध्यक्षमा चन्द्रबहादुर राई, सचिवमा केबल राई तथा उपसचिवमा सिद्धार्थ राई र पुरण राई चुनिएका छन्। रोङ गाउँपालिका अध्यक्षमा खड्ग आले, उपाध्यक्षमा सत्यम राई, सचिवमा उपेन्द्र न्यौपाने तथा उपसचिवमा शरण तामाङ र दुर्गा अधिकारी चयन भएको एमालेले जनाएको छ।  

माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा बाढी–पहिरोको मानवीय र भौतिक क्षति बढी भएकाले वडा अधिवेशन नै हुन सकेको छैन। माङ्सेबुङमा आउँदो १७ गते वडा र २७ गते पालिका अधिवेशन हुने एमाले गाउँपालिका संयोजक हेमन्त राईले बताए।

फाकफोकथुममा आउँदो १३ गते वडा र १६ गते पालिका अधिवेशन हुनेछ। चुलाचुलीमा २ र ६ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले तोकिएको मितिमा पालिका अधिवेशन हुन नसकेको हो। वडा २ को अधिवेशन मंगलबार भइसकेको छ। पालिका अधिवेशनको मिति टुंगो लाग्न बाँकी नै रहेको एमालेले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७८ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App