coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्। 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सम्बोधन गरिसकेपछि शाक्यले राजीनामा दिएकी हुन्। भदौ २ गते वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले ७१ औं दिनमा राजीनामा दिएकी हुन्।

उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ क मा भएको व्यवस्था अनुसार मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेको जानकारी दिइन्।

विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न बसेको प्रदेश सभा बैठकमा विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्। ‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु,’ उनले भनिन्, ‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो। मन्त्रीहरू र दलको बैठक पनि बसियो। यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु।’

मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन्। उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन्। 

प्रकाशित: १० कार्तिक २०७८ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App