८ वैशाख २०८१ शनिबार
राजनीति

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश रहुञ्जेल बहस गर्दैनौँः वरिष्ठ अधिवक्ता शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजिनामा दिनुपर्ने बताएका छन्। 

नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरु न्यायसम्मत् नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत् हुने भन्दै तुरुन्त राजिनामा दिनुपर्ने बताएका हुन्।

कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजिनामाको पक्षमा रहेको पनि उनले जनाए। जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानून व्यवसायीहरुले बहस नगर्ने भन्दै उनले अदालत र न्यायप्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए।

उनले भने, ‘प्रधानन्यायाधीशले न्याय प्रशासनमा सम्पादन गरेका कुराहरु न्यायसम्मत् भएनन्, न्याय प्रशासन उपयुक्त भएनन् भनेर उहाँको कार्य क्षमताको विषयमा हामीले छलफल गरेर निष्कर्ष निकालेर संविधानमा स्वत्ः आफैँ हट्ने व्यवस्था राजिनामा दिएर जाने छ। अहिलेको प्रधानन्यायाधीश फेरि बसिरहँदा खेरीको अवस्थामा न्याय सम्पादनमा गम्भिर क्षतविक्षत् हुने र गम्भिर दिशाबाट न्याय विचलित हुने अवस्थामा सबै कानून व्यवसायीहरु पुग्नुभएको छ। यसमा कुनै राजनीतिक दलले उठाएको कुरा पनि होइन। उहाँ प्रधानन्यायाधीश रहुञ्जेलसम्म बहस गर्दैनौँ। यो कुरा बुझे हुन्छ। अदालत, न्याय प्रशासन चल्दैन। गतिरोधको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्दछ भन्ने हामीहरुको भएको छ। राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरु पुगेका छौँ। साँठगाँठ भएको तमाम कानून व्यवसायीलाई लागेको छ।’

प्रकाशित: ९ कार्तिक २०७८ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App