६ वैशाख २०८१ बिहीबार
राजनीति

बाँसगढी नगरपालिकामा चन्दा, विविध र सभा खर्चमा अनिमियतता

करोड बढीको बेरुजु देखिएको बाँसगढी नगरपालिकामा चन्दा, विविध र सभा खर्च पनि अनिमियतता भएको पाइएको छ। आर्थिक सहायताको स्पष्ट मापदण्ड खुलाउनु पर्ने ऐन नियम मिचेर नगरपालिकाले भुक्तानी दिएको छ।

आर्थिक मापदण्डको स्पष्टता नहुँदा आर्थिक सहायताको नाममा समेत भष्टाचार भएको पुष्टि हुन्छ। चन्दा दिँदा स्पष्ट मापदण्ड मिचेर दिएको भुक्तानीले जनताको करलाई सरोकारवाला निकायलाई निष्पक्ष छानबिन गरिदिन स्थानीयले छानबिनको माग गरेका छन्। आर्थिक सहायता विपरीत ३ लाख ६३ हजार भुक्तानी केन्द्रको कार्यविधि विपरीत नगरपालिकाले भुक्तानी दिएको खुलेको हो।

विविधमा २० लाख ४१ हजार खर्च भएको देखिन्छ। सभा खर्चमा ३ लाख ४१ हजार खर्च भएको रेकर्डमा उल्लेख छ। नगरपालिका अन्र्तगतका शाखा कार्यालयले खाजा खर्चमा बढिमा २ सय रुपैयाँ खर्च गर्न सकिने भएपनि समोसा र चियामा टारेर १ सय ८० रुपैयाँ प्रत्येक व्यक्तिको फर्जी बिल बनाएर मिलिमतोमा भुक्तानी दिने गरेको स्रोतको दाबी छ।  

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ मा बजेटको सिमाभित्र रही खर्चको विल भर्पाइ सहित निर्धारित कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ। महालेखा परीक्षकको कार्यालयले बाँसगढी नगरपालिकाले ऐन नियम कार्यविधि मिचेर गरेको भुक्तानीलाई नियन्त्रण गर्नुपर्ने औल्याएको छ। मूल्य अभिबृद्धि  करमा  दर्ता  नभएका  बिभिन्न  होटलको  खाजा  खर्चको  बिलको  आधारमा  खाजा  खर्च गरेकोमा बैठकको माईन्युट, बैठक बसेको दिन, संख्या नखुलेकोे, विभिन्न बिषयगत शिर्षकबाट विविध खर्च गरेको भेटिएको औल्याएको छ।

कार्यालयले  कार्यक्रम  वाइज  खर्च  खाता  राखेको  छैन। इन्धन खर्च लेखेकोमा सवारी साधनको लगबुक अद्यावधिक नगर्दा दुरुपयोग भएको स्रोतको दाबी छ।

जसले गर्दा कुन कुन कार्यक्रममा के कति खचं भयो, कुन कुन कार्यक्रममा बढी वा घटी खर्च भएको जानकारी नहुँदा भद्रगोल अवस्थामा लेखा प्रणाली रहेको पुष्टि हुन्छ। स्वीकृत कार्यक्रम वेगर खर्च भए नभएको सम्बन्धमा अध्ययन र तुलना गर्न चौमासिक  प्रगति  विवरण  पेश  गर्ने  व्यवस्था  छ। कार्यालयले  सञ्चालन  गरेका  जिल्लास्तरिय  तथा  केन्द्रिय  स्तरिय  आयोजनामध्ये  सबै आयोजनाको नियम  बमोजिम अनुसूची–२ बमोजिमको ढाँचामा प्रगति विवरण दिएको देखिएको छैन।

प्रकाशित: ९ कार्तिक २०७८ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App