७ वैशाख २०८१ शुक्रबार
राजनीति

विदेशीलाई कोठा भाडा नदिनू र काममा नलगाउनू : गृह मन्त्रालय

गृह मन्त्रालयले परिचय नखुलेका विदेशीलाई कोठा भाडामा नदिन र काममा नलगाउन सूचना जारी गरेको छ।

मन्त्रालयले सोमबार एक सूचना प्रकाशन गरी सो अनुरोध गरेको हो। मन्त्रालयले पछिल्ला केही दिनमा कतिपय विदेशी नागरिक परिचय लुकाई नेपाल प्रवेश गरेको र बसोबास गर्ने प्रयास भइरहेको जनाउँदै सो अनुरोध गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फण्न्द्रिमणि पोखरेलले बताए।

‘पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकाले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ।’ मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ८ कार्तिक २०७८ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App