८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णालीको हवाइ सेवा नियमित बनाउन माग

कर्णालीमा हवाइ सेवा सहज र नियमित बनाउनको लागि पहल गर्न माग गरिएको छ। प्रदेश सभाका सदस्य नरेश भण्डारीको नेतृत्वको टोलीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सोको लागि पहल गरिदिन आग्रह गरिएको हो।

अहिले कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र निजी विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै रुपमा जहाज चढ्न नपाउने भएकोले तत्काल सहज हवाइ यातायात सेवा प्रदान गर्ने वातावरण बनाउन मुख्यमन्त्री शाही समक्ष माग गरिएको छ।

संसद भण्डारी लगायत सुर्खेतमा बस्ने कर्णालीको डेलिगेशन टोली बनाएर कर्णालीको हवाइ क्षेत्रमा भोग्नु परेको समस्या समाधानका लागि जुट्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरिएको हो। टोलीले जुम्ला लगायत कर्णाली प्रदेशमा ईटिकट प्रर्णाली लागु गर्न,नियमित उडान भर्न र विमानस्थलमा पारदर्शीता सुनिश्चित गर्न आग्रह गरिएको सांसद नरेश भण्डारीले बताए।

उनले हवाइ क्षेत्रमा भइरहेको अनियमितता रोक्न र जुम्लास्थित विमानस्थलको शिघ्र स्तरउन्नति गर्ने कार्य अघि बढाउन समेत ध्यानाकर्षण गरेको बताए।

कर्णाली लोकमार्गको अबिलम्ब कालोपत्र गर्ने कार्यका लागि संंघीय सरकार लगायत सम्बद्ध निकायसँग आवश्यक पहल, समन्वय र निर्देशनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री शाही समक्ष माग गरिएको छ।

हाल पनि कर्णाली प्रदेशका सम्पूर्ण जिल्लामा सडक पहुँच स्थापित हुन सकेको छैन। निर्मित सडक भरपर्दो र गुणस्तरीय छैन। कर्णाली प्रदेशका हिमाली जिल्लाहरु अहिले पनि महंगो, अनियमित र अपारदर्शी हवाइ यातायातमा निर्भर हुन बाध्य छन्, कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका भण्डारीले भने, ‘त्यसैले कर्णाली प्रदेशमा अनलाइन टिकटको व्यवस्था गर्न, नियमित उडान भर्न, हवाइ क्षेत्रमा भइरहेको अनियमितता रोक्न र जुम्ला विमानस्थलको स्तरउन्नति अविलम्ब सुरु गर्नु पर्नेमा जोड दिइएको छ।’

कर्णाली लोकमार्गको कालोपत्रे गर्ने कार्य अघि बढाउन र संघीय सरकार, हवाइ सेवा प्रदायक कम्पनी लगायतका सरोकारवालाको ध्यानाकर्षण गरिएको छ। कर्णालीमा यात्रुको चाप बढ्दा जहाज नआउने समस्याले हप्तौ सम्म यात्रुले विमानस्थलमा कुर्नु परिरहेको छ। बिरामी उड्न सकेका छैनन्। सर्वसाधारणले टिकट पाउँदैनन्। यसअघि जुम्लाबासीले हवाइ यातायात सेवा प्रदान गर्दा भएको विकृती रोक्न र नियमित उडान भर्ने वातावरण बनाउनको लागि जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र प्रतिनिधिसभा सांसदलाई पहल गर्न भनेका थिए।  

संसद भण्डारी नेतृत्वको टोलीले अविरल वर्षाका कारण जुम्ला जिल्लामा उत्पन्न विपद व्यवस्थापनार्थ राहत र विशेष पुर्नस्थापना प्याकेज अबिलम्ब कार्यन्वयन गर्न समेत अनुरोध गरेको छ।

प्रकाशित: ७ कार्तिक २०७८ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App